arrow

गठबन्धन स्वाभाविक गतिका साथ अघि बढ्छ : नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २६ शुक्रबार
madhab-nepal-g-na.jpeg

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन स्वाभाविक गतिका साथ अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

गठबन्धनको सरकार बनिसकेपछि स्वाभाविकरूपमा राष्ट्र र जनताप्रति गम्भीर जिम्मेवारी हुने उल्लेख गरे । “भागबन्डामा अलमलिने भन्दा पनि देश र जनताको निम्ति के गर्ने भन्ने कुरा चिन्ताको विषय हुन्छ”, उनले भने, “कुनै पनि समस्याको वैज्ञानिक समाधान खोज्नुपर्छ, सहकार्यको निम्ति पनि औचित्यपूर्ण ढङ्गबाट पुष्टि गर्ने किसिमबाट अगाडि बढ्नुपर्छ, त्यसो भयो भने सबै समस्याको समाधान हुन्छ ।”

नेता नेपालले राष्ट्रपतिको मतपरिणामलाई अत्यन्तै सकारात्मक र उत्साहवर्द्धक रूपमा लिएको बताए । उनले भने, “हामीले जस्तो प्रकारको गठबन्धनका घटकहरूबीच सहमति गरेका थियौँ तदअनुरूपनै मत परिणाम प्राप्त भएको छ ।”
 
अध्यक्ष नेपालले राष्ट्रपति राष्ट्रको अभिभावक भएकाले राष्ट्रलाई सर्वोपरी हितमा राखेर काम गर्नुपर्ने उल्लेख गरे । राष्ट्रपतिले संविधानले दिएको दायराभित्र बसेर आफ्नो जिम्मेवारी पूरा गर्दै बिहीबारसम्मको सङ्घर्ष र बलिदानीबाट प्राप्त उपलब्धिहरू संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशितालगायतका उपलब्धिको रक्षा गर्ने काममा जुट्नुपर्ने उनको भनाइ थियो ।
 
नेता नेपालले सरकार सञ्चालनका सन्दर्भमा पनि राष्ट्रको हितलाई सर्वोपरी राख्दै संविधानको मर्यादाको रक्षा र गणतन्त्रलाई जोगाउनका लागि समर्पित हुने विश्वास व्यक्त गरे । उनले सङ्घीयतालाई देशअनुकूल सशक्त र प्रभावकारीरूपमा अघि बढाउँदै जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्न महत्त्व दिएर अघि बढ्नुपर्नेमा जोड दिए ।
 
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिबाट संविधानको रक्षा गर्दै अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याएर मुलुकमा स्थायी शान्ति कायम गर्दै त्यसको आधारमा मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउनुपर्ने दायित्व रहेको उल्लेख गरे ।

उपसभापति खड्काले लामो राजनीतिक जीवन बिताउनुभएका पौडेल राष्ट्रपतिमा चुनिनुभएको भन्दै संविधानले दिएको अधिकार प्रयोग गरेर अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ