arrow

आजको मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २६ शुक्रबार
weather-evergreen-rain.jpg

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज मुलुकका पहाडी भू-भागमा मौसम आंशिकदेखि सामान्य बदली हुने छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

यसैगरी राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली  हुनेछ ।

गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ