arrow

वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा पोखरा कमजोर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २७ शनिबार
Pokhara-mahanagarpalika.jpg

पोखरा । कास्कीमा पोखरा महानगरपालिकाको वित्तीय सुशासन जोखिम मूल्यांकनमा सबैभन्दा कमजोर रहेको पाइएको छ । सबैभन्दा उत्कृष्ट भने अन्नपूर्ण गाउँपालिका रहेको छ । दोश्रोमा रुपा, तेश्रोमा माछापुच्छ्रे, चौथोमा मादी गाउँपालिका रहेको छ भने पोखरा महानगरपालिका पाचौंमा परेको छ ।

जिल्ला समन्वय समिति कास्कीले आव ०७८/०७९ को कास्कीका पालिकाहरूको वित्तीय सुशासन जोखिम मूल्यांकनको नतिजा सार्वजनिक गरेसंगै यस्तो तथ्य बाहिर आएको हो । 

मूल्यांकनको कार्यविधि अनुसार विभिन्न ११८ वटा सूचकलाई आधार बनाएर कुल १०० पूर्णांकमा मूल्यांकन गर्ने गर्दछ । सोही मूल्यांकनका आधारका अन्नपूर्ण गाउँपालिकाले ७०, रुपाले ६४.५, माछापुच्छ«ेले ५४, मादीले ५३ र पोखरा महानगरपालिकाले ४३ अंक प्राप्त गरेको छ । 

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले नेपालमा नै पहिलो पटक औपचारिक कार्यक्रम आयोजना गरेर नतिजा सार्वजनिक गरिएको भन्दै सबै क्षेत्रमा कास्कीका पालिकाहरूको कार्यसम्पादनको स्तर वृद्धिमा ध्यान केन्द्रित गर्न आग्रह गरे ।

पौडेलले समृद्ध कास्कीका लागि सबै राजनीतिक दल, जनप्रतिनिधि र कर्मचारीहरूको बराबर भूमिका रहने हुँदा युद्धस्तरमा वित्तीय सुशासनका काममा खटिन आग्रह गरे ।

कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे, मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय गण्डकीका उपसचिव रमेश घर्ती, प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय गण्डकीका प्रमुख किशोरकुमार श्रेष्ठ, कोष  तथा लेखा नियन्त्रण कार्यालय कास्की प्रमुख केशवराज ढकालसहित कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, माछापुच्छ्रे गाउँपालिकाका उपप्रमुख सीता अधिकारीलगायतले बोलेका थिए । उनीहरुले वित्तीय सुशासन विना सुशासनको कल्पना पनि गर्न नसकिने र सुशासन बिना विकास असम्भव भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ