arrow

मिनीट्रक दुर्घटनामा एकको मृत्यु, सात घाइतेमध्ये तीन गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २९ सोमबार
Accident.jpg

पोखरा । गोरखामा आज दिउँसो १ बजे ब्रेक फेल भएर मिनीट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको गोरखा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । उनको पहिचान खुल्न नसकेको बताइन्छ ।

सो दुर्घटनामा तीन जना गम्भीर र चार जना सामान्य घाइते भएका छन् । घाइते हुनेहरुमा बर्दिया घर भएका मंगल चौधरी, दोलखा घर भई हाल राष्ट्रिय वाणिज्य वैँक गोरखा शाखामा कार्यरत विष्णु खड्का, ठेगाना नखुलेका वुद्धि नेपाली छन् । उनीहरु तीनैजनालाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै सामान्य अन्य घाइतेहरुमा शहीद लखन गाउँपालिका वडा नं. ७ की रमला रानामगर र लालबहादुर गुरुङ, गोरखा नगरपालिका वडा नं. १० छेपेटारकी सावित्री बिक, शहीद लखन गाउँपालिकाकै नारायण भुजेल छन् । उनीहरुको गोरखा अस्पतालमा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायव उपरीक्षक (डिएसपी) लीलाराज लामिछानेले जानकारी दिए ।

तरकारी लगायतका सामान लिन आरुघाटबाट आएको प्रदेश नं ३ ०१-००३-६१७० नम्बरको मिनीट्रक गोरखा बजारको बिसौनी मोडबाट पल्टेर जिल्ला ट्राफिक प्रहरी कार्यालयसम्म पुगेको थियो । सो ट्रक सवारी धनी उमेश श्रेष्ठ आफैले चलाएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ