- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । माओवादी घटकका पार्टी तथा समूहले आज नागरिक अगुवा र बुद्धिजीवीहरूसँग छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादी धारका पार्टीहरूले विभिन्न कार्यक्रम घोषणा गरेका छन् ।
आज माओवादी घटकले विस्तृत शान्ति सम्झौताका बारेमा नागरिक अगुवा र बुद्धिजीवीहरूको राय लिन लागेको हो । त्यस्तै घटकले चैत ८ गते अन्तरक्रिया कार्यक्रम गर्दैछ ।