arrow

केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३० मंगलबार
weather-evergreen-rain.jpg

काठमाडौं ।  आज दिउँसो देशका  पहाडी भू-भागका केही स्थानमा  चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ । 

यसैगरी लुम्बिनी प्रदेशलगायत तराईका केही स्थानमा अपराह्नतिर मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए । 

उनका अनुसार आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना  छ । 

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ