arrow

द्वन्द्व पीडितले न्याय नपाएको गुनासो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३० मंगलबार
insec-nepal.jpg

नेपालगञ्ज । बाँकेमा रहेका द्वन्द्व पीडितले आफूहरुले अझै पनि न्याय पाउन नसकेको गुनासो गरेका छन् । 

अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनीले यहाँ आयोजना गरेको ‘मानवअधिकार तथा मानवीय अवस्था’ विषयक अन्तरक्रियामा उनीहरुले मध्यमार्गी बाटो तय गरेर भए पनि द्वन्द्वका घाउ मेटाउन आग्रह गरेका छन् । 

द्वन्द्व पीडित समाजका अध्यक्ष चन्द्रकला उप्रेतीले बेपत्ता पारिएकाको पीडा पीडितलाई मात्र महसुस हुने उल्लेख गर्दै बेपत्ता भएकाका लागि मृत्यु दर्तामा नै समस्या भएको बताइन् । 

द्वन्द्व पीडित तथा एकल महिला समाज, बाँकेका अध्यक्ष एकमाया विकले अहिले पनि द्वन्द्व पीडित बिचल्लीमा परेको भन्दै द्वन्द्व पीडितले न्याय पाउँछन् भन्नेमा विश्वास नभएको बताइन् । 

“द्वन्द्व पीडित अहिले पनि आन्दोलनमा छन् तर पनि द्वन्द्व पीडितले न्याय पाउँछन् जस्तो लाग्दैन”, उनले भनिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ