arrow

दूतावास पुगेर सभामुख घिमिरेले सुने नेपाली श्रमिकको गुनासो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३० मंगलबार
devraj-ghimire-speaker-always.jpg

काठमाडौं । अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १४६ औं महासभामा भाग लिन बहराइन पुगेका सभामुख देवराज घिमिरेले नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिएका छन् ।

मनामास्थित नेपाली दूतावासमा मंगलबार बिहान पुगेका सभामुख घिमिरेले राजदूत तीर्थराज वाग्ले, दूतावास अधिकारी लगायतसँग नेपाली श्रमिकको अवस्थाबारे बुझेका हुन् । अधिकारीहरुले बहराइनमा नेपाली श्रमिक न्यूनतम तलबमा काम गरिरहेको, राहदानी नवीकरण र भिसा प्रक्रियामा समस्या झेल्नुपरेको जानकारी दिएका थिए ।

भेटमा सहभागी सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईका अनुसार अधिकारीहरुले काठमाडौंमा बहराइनको दूतावास खोल्न सरकारले पहल गर्नुपर्ने धारणा समेत राखेका थिए ।

सभामुखले बहराइन भ्रमणका क्रममा नेपाली श्रमिकको तलब वृद्धि लगायतका विषयमा आफ्ना समकक्षीसँग कुरा राखेको जानकारी दिएका थिए । 

कार्यक्रममा नेताहरु रमेश लेखक, हितराज पाण्डे, इन्दु कडरिया लगायत उपस्थित थिए । ६ दिने भ्रमण सकेर सभामुख नेतृत्वको ९ सदस्यीय प्रतिनिधि मण्डल बिहीबार स्वदेश फर्कंदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ