arrow

सडक छेउँका सवारी जफत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३० मंगलबार
motorbike-parking.jpg

भक्तपुर । भक्तपुर नगरपालिकाले नगरका विभिन्न स्थानका सडक छेउँमा राखिएका मोटरसाइकल लगायतको सवारी साधनलाई नियन्त्रणमा लिएको छ । 

मोटरसाइकल वर्कसप विक्रेताहरुले बाटोको छेउँमा राखेका मोटरसाइकलहरु जफत गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नगरको घलाटे र चुनदेवीमा २५ वटा पसल अनुगमन गर्दा पटकपटक हटाउन निर्देशन दिंदा पनि नहटाएका सामान र मोटरसाइकल जफत गरी ल्याएको जनाएको हो ।

पसल बाहिर बाटो र पेटीमा बेचविखनको लागि राखेको सामानहरु र मोटरसाइकलहरु जफत गरी ल्याएको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले बताए । अनुगमनमा ब्रदर्श रिकन्डिसन हबलाई बाटो र पेटीमा बिक्रीको लागि राखिएको मोटरसाइकल नराख्न पटकपटक निर्देशन दिँदासमेत अटेर भएकोले प्र. ३ – ०२ – ०१२ प ५५७० को मोटरसाइकल जफत गरी तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको जनाइएको छ ।

त्यस्तै अमरबत्ती इन्टरप्राईजेज प्रालि, ख्वप हार्डवेयर प्रालि, खोटाड्ड खाजा घर, युनिस्टल ट्रेडर्स, बागमति आर्टस्,  तीन दिनभित्र दर्ता गरी नगरपालिकामा उपस्थित हुन निर्देशन दियो । आरबी निर्माण सप्लार्यस्, एभरेष्ट अटोटेक एण्ड सप्लायर्स, ह्वाक्सीड्ड फर्निचर [डेकोर] प्रालि। नवीकरण भएको नदेखिएकोले नविकरण गरी तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दियो । 

कृष्ण किराना पसलमा जम्बो स्प्राइट ३ वटा म्याद नाघेकोले नष्ट गर्न निर्देशन दियो । श्रीलाल कोसवारको ग्रील पसल तथा वर्कशप, रिचा भुसालको किराना पसल, सुस्मिता श्रेष्ठको साधारण जलपान पसल त्यही“ दर्ता गराएको निरीक्षणमा सहभागी वडानिरिक्षक रामकृष्ण प्रजापतीले बताए । 

अनुगमनमा वडाध्यक्ष श्यामकृष्ण खत्री, वडासदस्य रीता फसिकवा, भनपा श्यानिटेशका नगर निरीक्षक।दिलिपकुमार सुवाल, वडा निरीक्षक।रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेबी व्याञ्जु, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरीक्षक विनोद सुवाल, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, भक्तपुर उद्योग बाणिज्य संघका राजु त्वानाबासु, घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठको सहभागी थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ