- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बागमती बोर्डिङ स्कुलका विद्यार्थीहरु आफैँले बनाएका ड्रोन लगायतका सामग्री प्रदर्शनीमा राखेका छन् । विद्यालयका प्लसटुसम्मका विद्यार्थीहरुले आफैँले बनाएको ड्रोन उडाएर प्रदर्शनी गरेका हुन् ।
उक्त ‘सेभन्थ बागमती साइन्स एक्जिविशन एन्ड एजुकेशनल एक्स्पो २०७९’ को पूर्व शिक्षामन्त्री शिशिर खनालले उद्घाटन गरेका थिए । विद्यार्थीहरुले आफैँले बनाएको ड्रोन, रोबटिक्स, स्मार्ट सिटी कन्सेप्ट र कोडिङ लगायतका सामग्री बनाएर प्रस्तुत गरेका हुन् ।
उक्त प्रदर्शनी उपत्यकाका ४१ विद्यालयका विद्यार्थीले पनि अवलोकन गरेको विद्यालयका निर्देशक अस्मिन सिटौलाले जानकारी दिए ।