arrow

राष्ट्रपति कार्यालयको नटिकेको नक्कलीपन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १ बुधबार
ramchandra-poudel-dual.jpg

काठमाडौं । कहिलेकाहिँ आफूलाई निकै राम्रो देखिउँ भन्ने पनि लाग्छ होला । कहिलेकाहिँ अरुका लागि पनि राम्रो देखिनु पर्ने होला । कहिलेकाहिँ त अरुलाई पनि राम्रो देखाउँ भन्ने लाग्दो हो । तर यस्तो कर्म धेरै टिक्दैन । जस्तो छ त्यही देखिनु नै प्राकृतिक हुन्छ । 

राष्ट्रपति कार्यालयले यही बिर्सेर नयाँ राष्ट्रपति रामचन्द्र पौडेललाई त्यही रुपले प्रस्तुत गर्यो । जसका कारण ऊ धेरै समय टिक्न सकेन । सामाजिक सञ्जालमा अत्यधिक आलोचना भएपछि राष्ट्रपति कार्यालयको वेबसाइटमा पौडेलको तस्बिर परिवर्तन भएको छ । अत्यधिक सम्पादन गर्दै राखिएको उक्त फोटोबाट कोठी गायब पारिएको थियो ।

सम्पादन भएको राष्ट्रपतिको फोटोमा अनुहार चमक देखाउन आवश्यकताभन्दा बढी सम्पादन गरिएको देख्न सकिन्थ्यो । जहाँ उनको दायाँ र बायाँ गालामा रहेका ठूलो कोठी हटाइएको थियो ।

साथै गालामा चाउरी परेका भागलाई हटाएर हृष्टपुष्ट तस्बिर राखिएको थियो । मानिसको अनुहारमा भएका कोठी नै उसको पहिचान हुने भन्दै कोठी हटाइएको विषयमा थुप्रैले आलोचना गरेका थिए ।

अहिले भने राष्ट्रपति कार्यालयको वेबसाइटमा कम सम्पादन गरिएको तस्बिर राखिएको छ । यस्तो औपचारिक तस्बिर देशभरका सरकारी कार्यालयमा राख्ने प्रचलन छ । 

परिवर्तन भएको नयाँ तस्बिरमा पौडेलका दुवै गालाका कोठी स्पष्ट देख्न सकिन्छ । त्यसबाहेक पनि उनको अनुहारमा रहेका चाउरी परेका भागलाई यथावत् राखिएको देख्न सकिन्छ ।

आखिर पहिचान नै त्यही हो । त्यो प्राकेृतिक चिजलाई हटाउने हिम्मत गरेको राष्ट्रपति कार्यालयलाई गल्ती महसुस हुनु नै ठूलो कुरा । नक्कलीपन धेरै टिक्दैन भनेको यही हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ