arrow

समयअघि नै निजी निवासमा सरे उपराष्ट्रपति पुन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २ बिहिबार
VP-nanda-bahadur-pun.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ समयअघि नै उपराष्ट्रपतिको निजी निवास छाडेका छन् । शुक्रबार उपराष्ट्रपतिको निर्वाचन हुँदै गर्दा उनले नयाँ उपराष्ट्रपति निर्वाचित हुनुअघि नै सरकारी निवास छाडेका हुन् । 

उनी बिहीबार दिउँसो राष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका हुन् । उनी दिउँसो १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरी नगरपालिका वडा नं. १ दहचोकस्थित निजी निवासमा सरेका हुन् । 

नेपालको संविधान बमोजिम चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुन लागेको सन्दर्भमा उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाई सहजताका लागि पुनले बिहीबारै निवास छाडेको प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिएका छन् । 

नयाँ उपराष्ट्रपतिले पद तथा गोपनियताको सपथ तथा पदभार ग्रहण नभएसम्म उपराष्ट्रपति पुन निजी निवासबाटै उपराष्ट्रपतिको कार्यालय पुग्नेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ