arrow

स्ववीयू निर्वाचन

गए रातिदेखि मौन अवधि शुरु, यी सामान लैजान नपाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३ शुक्रबार
Student-election.jpeg

काठमाडौं ।  स्वतन्त्र विद्यार्थी युनियन (स्ववीयू) निर्वाचनका लागि गए रातिदेखि मौन अवधि शुरु हुने भएको छ । त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा स्ववीयू निर्वाचन आचारसंहिता लागू भएको हो ।

स्ववीयू निर्वाचन आचारसंहिताअनुसार बिहीबार राति १२ बजेदेखि मौन अवधि शुरु भएको छ । उम्मेदवारले बिहीबार राति १२ बजेदेखि स्ववीयू चुनावको प्रचार–प्रसार गर्न पाउने छैनन् ।

निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचार–प्रसार बन्द गरिएको हो ।  यही चैत ५ गते हुने स्ववीयू निर्वाचनका लागि पाँच दिनको लागि मात्र प्रचार–प्रसारको समय छुट्याइएको थियो । निर्वाचनका लागि यही फागुन २७ गते उम्मेदवार मनोनयनपत्र दर्ता गरिएको थियो ।

स्ववीयू निर्वाचन आचारसंहितामा प्रचार–प्रसार गर्नका लागि रङरोगन र कुनै पनि प्रकारको पोष्टर टाँस्न नपाइने तथा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोष्टर टाँस्न नपाइने उल्लेख गरिएको छ ।

उम्मेदवारले आफ्नो निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावलीको एफोर साइजको एकै रङ भएको पर्चामात्र प्रचार–प्रसार गर्न पाइने आचारसंहितामा उल्लेख गरिएको छ ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । स्ववीयू निर्वाचनका लागि ६२ आङ्गिक र एक हजार ४० क्याम्पसमा एकै साथ यही चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने छ ।


मतदान केन्द्रमा मोबाइलदेखि पानीका बोतल लैजान निधेष गरेको छ ।  त्रिविले मोबाइल, पानीका बोतल, जार तथा घरेलु हातहतियार मतदान केन्द्रमा लैजान प्रतिबन्ध लगाएको छ । तरल, धातुजन्य वस्तु, डिजिटल वस्तु र आगोजन्य वस्तु मतदान केन्द्रमा लैजान पाइनेछैन ।   यस्तै धातुजन्य वस्तुमा नङकट, धारिलो हतियार, भाला, खुकुरी, छुरी, चक्कु, डिजिटल वस्ुतमा मोबाइल, क्यामेरा, झोला, लौरो, हेल्मेट, छाता, चाबी, रेकर्डर, साइकल तथा मोटरसाइकलको चेनसमेत लैजान प्रतिबन्ध गरिएको छ । यस्तै लाइटर, सलाई, ग्यासजन्य वस्तु पनि लैजान प्रतिबन्ध गरिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ