arrow

फर्किए सभामुख

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३ शुक्रबार
devraj-ghimire-speaker-always.jpg

काठमाडौं ।   प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे  बहराइनबाट बिहीबार फर्किएका छन् ।  सभामुख घिमिरे अन्तर व्यवस्थापिका सङ्घको १४६औँ महासभामा सहभागी भई बिहीबार स्वदेश फर्किएका हुन् ।

सभामुख घिमिरे महासभाको उद्घाटनको अर्को दिन नेपालका तर्फबाट सम्बोधन गर्ने क्रममा देशको संसद्को भूमिका, सङ्घीय संसद्को दोस्रो निर्वाचनपछि गर्ने काम र संविधानलगायतका बारेमा आफ्ना कुरा राखेँको बताए ।

 फागुन २७ देखि चैत १ गतेसम्म बहराइनको मानामामा आयोजना भएको उक्त महासभामा सहभागी हुन सभामुख घिमिरे नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै फागुन २६ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

महासभामा सभामुख घिमिरेले ‘प्रमोटिङ, पिसफूल को–एग्जिस्टेन्स एण्ड इनक्लुसिभ सोसाइटिज ः फाइटिङ इनटलरेन्स’ विषयमा जनरल डिबेटमा सङ्घीय संसद्का तर्फबाट आफ्नो वक्तव्य प्रस्तुत गरेका थिए । महासभा अवधिभर प्रतिनिधिमण्डलले विभिन्न बैठकमा भाग लिएको थियो ।

महासभामा सभामुख घिमिरेले अष्टे«लिया र अजरबैजानका सभामुखसँग शिष्टाचार भेट गरेका थिए । उनले बहराइनमा रहेका नेपाली कामदारसँग पनि भेटघाट गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ