arrow

उपराष्ट्रपति निर्वाचनमा किरियापुत्रीले गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३ शुक्रबार
Parliament_building-1619601493.png

काठमाडौं ।  उपराष्ट्रपति पदका लागि आज भएको निर्वाचनमा किरियापुत्रीले मतदान गरेका छन् । 

गण्डकी प्रदेशको कास्की  निर्वाचन क्षेत्र नं ३ (२) का प्रदेशसभा सदस्य प्रकाश बरालले मतदान गरेका हुन् ।

पिता लोकराजको निधनमा आशोच बासिरहेका बरालले आज बिहान पोखराबाट हवाई जहाजमा यहाँ आएर मतदान गरेका हुन् । उनी बुद्ध एअरको जहाज चढेर काठमाडौँ आएमा हुन् ।  उनी आजै दिउँसो पोखरा फर्कँदै छन् । 

उनले भने, “संविधानले दिएको जिम्मेवारी र आफ्नो कर्तव्य पूरा गर्ने सन्दर्भमा उपराष्ट्रपति निर्वाचनमा मतदानका लागि यहाँ आएर मतदान गरेको हुँ ।”

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ