arrow

उपराष्ट्रपतिका लागि मतदान जारी, कति खस्यो मत ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३ शुक्रबार
ramsaye-election.jpg

काठमाडौं । मुलुकको तेस्रो उपराष्ट्रपति चयनका लागि मतदान जारी छ ।  उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादव लगायतका मतदाताले मतदान सरिसकेका छन् । 

उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान  शुरु भएको हो । निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् ।
 
 सङ्घीय संसद् नयाँबानेश्वरमा शुरु भएको उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत बिहान ११ बजेसम्मको मतदानमा दुई सय २० मत खसेको छ । सो समयसम्म सङ्घतर्फ ८७ र प्रदेशतर्फ एक सय ३३ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । 

अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ । सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ । निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता छन् । 

मतदान सम्पन्न भए लगत्तै मतगणना शुरु हुने र आजै साँझ ६ बजेसम्म मतपरिणाम सार्वजनिक गरिने बताइएको छ  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ