arrow

उम्मेदवार झाले भनिन्- महिला निर्वाचित हुनु राम्रो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३ शुक्रबार
mamata-jha-janamat-uparastrapati.jpg

काठमाडौं ।  उपराष्ट्रपति पदका लागि जनमत पार्टीका उम्मेदवार ममता झाले आफू निर्वाचित भए महिलाको हकअधिकार स्थापित गर्ने बताएकी छन् । 

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा मतदानपछि पत्रकारसँग अन्तरक्रिया गर्दै उनले महिला मतदाताको मत महिलालाई नै दिन आग्रह गरिन् । उनले भनिन्, “राष्ट्रपतिमा पुरुष निर्वाचित भएको अवस्थामा उपराष्ट्रपति पदमा महिला निर्वाचित हुनु राम्रो हुन्छ ।”

आज बिहान १० बजेदेखि सुरु भएको मतदान मतदान दिउँसो ३ बजेसम्म हुनेछ । उपराष्ट्रपति  पदका लागि जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव, जनमत पार्टीकी ममता झा र एमाले तर्फका उम्मेदवार अष्टलक्ष्मी शाक्य छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ