काठमाडौं । पत्रकार खिला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयमा प्रेसको जिम्मा पाएका छन् । लामो समयदेखि पत्रकारितामा रहेका कार्कीले सचिवालयमा प्रेस हेर्ने गरी जिम्मेवारी पाएका हुन् ।
नेपाल प्रेस युनियनका पूर्वसचिवसमेत रहेका कार्कीले राजनीतिक बिटमा पनि कांग्रेसको बारेमा बढी दख्खल राख्दै आएका छन् । बिहीबार उनलाई प्रेस संयोजकको भूमिका दिइएको हो ।
बिहीबारै फोटोग्राफरमा अनिश रेग्मी र सचिवालयमा सुशील तिमल्सिनालाई नियुक्त गरिएको छ ।
राष्ट्रपति पौडेलले जिम्मेवारी सम्हालेपछि सचिवालयमा दोस्रोपटक नियुक्ति गरेका हुन् ।
यसअघि मंगलबार राष्ट्रपतिले प्रमुख स्वकीय सचिवमा डा. सुरेश चालिसे र निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका थिए । यससँगै सचिवालय पाँच सदस्यीय बनेको छ ।
गत फागुन २५ गते पौडेल राष्ट्रपति निर्वाचित भएका थिए । उनले एमालेका सुवास नेम्वाङलाई दोब्बर बढी मतान्तरले पराजित गरेका थिए । गत सोमबारदेखि उनले कार्यभार सम्हालेका हुन् ।