arrow

ओलीले गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३ शुक्रबार
oli-matadan.JPG

काठामाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन् । 

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन्  । उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि मतदान जारी छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले मतदान गरिसकेका  छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ