arrow

‘थमन-महेश स्मृति पत्रकारिता पुरस्कार’ विभु भुसाललाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ५ आइतबार
Bibhu Bhusal.jpg

पोखरा । प्रेस सेन्टर नेपाल कास्की शाखामा स्थापित ‘थमन-महेश स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार विभु भुसाललाई प्रदान गरिएको छ । 

रु २५ हजार एक राशिको सो पुरस्कार आज शाखाको साधारणसभाका अवसरमा नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले पत्रकार भुसाललाई प्रदान गरे ।

दुई दशकदेखि पत्रकारितामा क्रियाशील भुसाल प्रेस सेन्टर नेपालको नीति तथा परामर्श विभागको सदस्यसमेत हुन् ।

पोखराबाट प्रकाशित हुने स्वाभिमान साप्ताहिकका तत्कालीन सम्पादक थमन परियार र पत्रकार महेश पहारीको स्मृतिमा प्रेस सेन्टरले उक्त पुरस्कार स्थापना गरेको थियो । 

जनपक्षीय पत्रकारितामा क्रियाशील पत्रकारलाई बर्सेनि सो पुरस्कार प्रदान गर्ने गरिएको प्रेस सेन्टर नेपाल कास्की शाखाका अध्यक्ष कृष्ण दबाडीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ