arrow

भारतमा सिख पृथकतावादीको खोजी जारी, अठहत्तर जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ५ आइतबार
punjab-police.jpg

नयाँ दिल्ली । भारतमा सिख मातृभूमिको माग गर्दै उत्तरी राज्य पञ्जाबका ग्रामीण क्षेत्रमा जुलुसको नेतृत्व गरेका एक जना सिख कट्टरपन्थीको खोजीलाई भारतीय प्रहरीले तीव्र बनाएको छ । 

मोबाइल फोनमा इन्टरनेट सेवा बन्द गरेर शनिबारदेखि जारी खोजीका क्रममा हालसम्म ७८ जना पक्राउ परेका छन् । तर छुट्टै राज्यको माग गर्दै जुलुसको नेतृत्व गरेको आरोप लागेका अमृतपाल सिंह भने अझैसम्म पक्राउ परेका छैनन् । 

गत महिना एकजना आफ्ना समर्थकलाई अपहरणको प्रयास गरेको आरोपमा पक्राउ गरिएपछि ३० वर्षीय सिंह र उनका एक जना सहयोगीसहित धेरै समर्थकले तरबार, बन्दुक र चक्कु लिएर प्रहरी चौकीमा आक्रमण गरेका थिए । अमृतसरको बाहिरी क्षेत्रमा भएको उक्त आक्रमणपछि सिंहविरुद्ध कारबाही गर्न पञ्जाब प्रहरीले खोजी अभियान थालेको हो । 

पञ्जाबका ग्रामीण क्षेत्रहरूमा सुरक्षाकर्मीहरूको ठूलो उपस्थिति छ । उनीहरूले राज्यको समग्र स्थिति नियन्त्रणमा रहेको बताउँदै सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न आग्रह गरेका छन् । सोमबारदेखि मोबाइल इन्टरनेट पुनः सञ्चालन हुने अधिकारीहरूले बताएका छन् । 

गलत सूचना र अफवाह रोक्ने उद्देश्यले इन्टरनेट सेवा बन्द गरिएको उनीहरूले बताएका छन् । विशेष गरी अशान्त उत्तरी क्षेत्र काश्मिरमा बारम्बार इन्टरनेट सेवा अवरुद्ध हुँदै आएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ