arrow

ल क्याम्पसमा क्रान्तिकारीको नेतृत्व, पकड अनेरास्ववियुकै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ६ सोमबार
law-campus-election-2079.jpg

काठमाडौं । लामो समयदेखि नेतृत्व सम्हाल्दै आएको नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुले यसपालि नेपाल ल क्याम्पसमा नेतृत्व गुमाएको छ । लोकतान्त्रिक–वाम विद्यार्थी संयुक्त प्यानल खडा भएसँगै अनेरास्ववियुले नेतृत्व गुमाएको हो । 

नेतृत्वमा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विष्णु ढुंगेल आएका छन् । उनले ५९१ मत ल्याएका छन् । निकटतम प्रतिस्पर्धी अनेरास्ववीयूका कैलाश तामाङले ५३९ मत ल्याएका छन् । 

त्यस्तै सचिवमा नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का मनोज सिंह विजयी भएका छन् । सिंहले ६०१ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका निशान्त बाबु खड्काले ५२० मत ल्याएका छन् । 

कोषाध्यक्षमा अनेरास्ववियुकी सन्ज्योति नेम्वाङ विजयी भएकी छिन् । पदाधिकारीमा सबैभन्दा बढी उम्मेदवार रहेको यो पदमा गठबन्धनभित्रै तालमेल मिल्न नसकेपछि गठबन्धनले कोषाध्यक्ष गुमाएको हो ।

शुरुआतमा तालमेल गर्दा यो पद नेविसंघले पाएको थियो । तर पछि नेकपा एकीकृत समाजवादी निकट सिम्रन बनेम लिम्बूले पाएपछि यो पद गुमेको हो । नेविसंघका मुकेश सेन्चुरीले ३७९ र लिम्बूले २६५ मत ल्याइन् । 

सदस्यमा भने अनेरास्ववियुले पकड जमाएको छ । समिर रिजाल, प्रियंका साउद, प्रज्ञा ज्ञवाली, शिरिष पौडेल र आशुतोषकुमार गुप्ता विजयी भएका छन् । 

सात सदस्यमध्ये पाँच अनेरास्ववियुले लैजाँदा दुई सदस्यमा नेविसंघ आएको छ । नेविसंघबाट अमृत ढकाल र सपना गौतम विजयी भएका छन् । 

मत आँकडा हेर्दा समानुपातिकमा अनेरास्ववियुकै पकड बलियो रहेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ