arrow

बर्दियामा बाघले दुई जना महिलाको लियो ज्यान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ७ मंगलबार
tiger2019-05-29.jpeg

नेपालगन्ज । बर्दियामा बाघले दुई जना महिलाको ज्यान लिएको छ । 

जिल्लाको मधुबन नगरपालिका वडा नं. ५ मा रहेको चिरउती सामुदायिक बनमा सोमबार दिउँसो २ बजे महिलालाई बाघले मारेको हो ।

जिल्ला प्रहरी बर्दियाका अनुसार बाघबाट मारिनेमा मधुबन ५ की ५० वर्षीया धनसरा गुरुङ र सोही स्थानकी ४५ वर्षीया समुन्द्री बुढाक्षेत्री हुन् । 

दुबै जना महिला सामुदायिक बनमा दाउरा खोज्न गएका बेला बाघले आक्रमण गरेर मारेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ