arrow

मुस्लिम सङ्घको चौथो महाधिवेशन जेठ २७ र २८ गते हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ८ बुधबार
muslim.jpg

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल मुस्लिम सङ्घको चौथो महाधिवेशन आगामी जेठ २७ र २८ गते काठमाडौँमा हुने भएको छ । 

सङ्घको मंगलबार बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो । सङ्घका कार्यवाहक अध्यक्ष अतावुल अन्सारीका अनुसार नेपाली कांग्रेसको भ्रातृ सङ्गठनमध्ये नियमित महाधिवेशन गर्ने मुस्लिम सङ्घले महाधिवेशनको मिति तय गरेर विगतको कार्यलाई निरन्तरता दिएको हो । 

सङ्घका पूर्वअध्यक्ष एवं कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले बैठकले वर्तमान निर्वाचन प्रणालीले मुस्लिम समुदायलाई पछाडि पारेको ठहर गर्दै निर्वाचन कानून परिमार्जनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको बताए । 

उनका अनुसार केन्द्रीय हज कमिटीले हाजीहरूबाट चर्को शुल्क उठाउने गरेकाले शुल्क नियन्त्रणका लागि गृह मन्त्रालयको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ