arrow

कुटपिटबाट कमलाको मृत्यु, पति र जेठाजु पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ९ बिहिबार
death

पोखरा । स्याङ्जामा कुटपिटबाट घाइते भएकी महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा पुतलीबजार नगरपालिकाकी कमला न्यौपाने सुवेदी रहेकी छन् । 

गत माघ २२ गते श्रीमान लक्ष्मीप्रसाद न्यौपाने र जेठाजु केशवराज न्यौपानेले कुटपिट गर्दा कमला गम्भीर घाइते भएकी थिइन् ।

उनका श्रीमानले ज्यान मार्ने नियत राखी कुटपिट गरि बेहोस अवस्थामा घरमै छोडेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार घटना भएको १५ घण्टा पछि स्थानीयले थाहा पाएर अस्पताल पुर्याएका थिए ।

पोखरामा उपचार हुन नसकेपछि कमलालाई काठमाडौं नर्भिक अस्पतालमा पठाइएको थियो । नर्भिक अस्पतालमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

श्रीमान र जेठाजुलाई प्रहरीले माघ २४ गते नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला अदालत स्याङजाले जेठाजु केशवराजलाई चैत ३ गते दुई लाख धरौटीमा छोडेको थियो ।

अदालतले कुटपिट गरेरै कमला घाइते भएको ठहर गर्दै श्रीमान लक्ष्मीप्रसादलाई भने पुर्पक्षकाका लागि जिल्ला कारागार पठाएको छ । उनीहरुलाई कर्तव्य ज्यान मुद्धा चलाउने तयारी भैरहेको प्रहरीले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ