arrow

ग्लोबल आइएमई बैङ्कद्वारा मण्डला चित्र अङ्कित क्यालेन्डर सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १० शुक्रबार
global-ime-calender-2080.jpg

काठमाडौँ। ग्लोबल आईएमई बैङ्क लिमिटेडले मण्डला चित्रकलालाई समावेश गरिएको विसं २०८० को क्यालेन्डर सार्वजनिक गरेको छ। शुक्रवार आयोजित एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा बैङ्क सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैङ्कका सञ्चालकहरू रामबहादुर भण्डारी, मदनलाल जोशी र देवेन्द्रप्रताप शाह, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा मण्डला चित्र कलाकारद्वय भाइराजा शाक्य र ङवाङ लामाले संयुक्त रूपमा उक्त क्यालेन्डर सार्वजनिक गरेका छन्।

ग्लोबल आईएमई बैङ्कले हरेक वर्ष आफ्नो क्यालेन्डरमा स्थानीय कला, संस्कृति र परम्पराको प्रवर्द्धनलाई प्राथमिकता दिँदै आएको छ। कार्यक्रममा बोल्दै बैङ्कका अध्यक्ष ढकालले नयाँ क्यालेन्डर मार्फत मण्डला चित्रकला प्रवर्द्धन तथा कलाकारको सम्मानमा योगदान पुग्न सक्ने बताए।

मुलुक भित्रका मौलिक तर प्रचार हुन नसकेको संस्कृति फैलाउने अभियानमा ग्लोबल आईएमई बैङ्क स्थापनाकालदेखि नै सक्रिय रहेको उल्लेख गर्दै उनले आउँदा दिनमा पनि लोक, कला, संस्कृति र कलाकारलाई प्रवर्द्धक गर्न ग्लोबल आइएमई बैङ्क प्रतिबद्ध रहेको बताए। 

चित्रकलामा दुई दशकदेखि सक्रिय कलाकारद्वय भाइराजा शाक्य र ङवाङ लामाले तयार पारेको मण्डला चित्रकलालाई क्यालेन्डरमा समाविष्ट गरिएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले जानकारी दिए।

नेपालको मौलिक मण्डला चित्रहरूलाई मुलुकभर क्यालेन्डर मार्फत फैलाउने तथा कलाकारको योगदानलाई सम्मान गर्ने आफूहरूको प्रयास रहेको उनको भनाइ रहेको थियो।

“छरिएर रहेका मण्डला कलाकृतिलाई एकीकृत गर्ने हाम्रो प्रयास हो”, उनले भने, “यसबाट चित्रकला क्षेत्रलाई प्रवर्द्धन हुने र स्थानीय कलाकृति तथा संस्कृति संरक्षण हुने हाम्रो अपेक्षा छ।”

कार्यक्रममा कलाकार द्वयले मण्डला चित्रकलालाई क्यालेन्डरका निमित्त छनोट गरेकोमा बैङ्कलाई धन्यवाद दिएका थिए।
सो अवसरमा बैङ्क अध्यक्ष ढकालले कलाकार द्वयलाई सम्मानसमेत गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ