arrow

दशतिर फर्केकाले देशलाई आर्थिक संकटतिर धकेले – केपी ओली

logo
मणिप्रसाद गैह्रे, 
प्रकाशित २०७९ चैत ११ शनिबार
kp-oli-kapilvastu.jpg

कपिलवस्तु । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दशतिर फर्किएकाहरुले देशलाई आर्थिक संकटतिर धकेलेको दाबी गर्दै एमालेको सरकारका पालामा शुभारम्भ गरेका राष्ट्रिय गौरवका योजना आर्थिक संकटका कारण रोकिएको बताएका छन् ।  

जितपुरमा नेकपा एमालेले देशब्यापी रुपमा संचालन गरेको मिसन ग्रासरुट (पार्टी सुदढीकरण तथा विस्तार) अभियान अन्तर्गत जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफू नेतृत्वको सरकारलाई सफल भएको दाबी गरेका हुन् । 

ओलीले एमालेप्रति चौतर्फी घेराबन्दी, हमला भएको दाबी गर्दै नेकपा एमालेले थालनी गरेका राष्ट्रिय गौरवका योजना कार्यान्वयनका निम्ति वडादेखि प्रतिनिधि सभासम्म मिसन एकाउन्न प्रतिशत निर्वाचित हुनु पर्नेमा जोड दिए । 

अध्यक्ष ओलीले नेकपा एमाले वैचारिक, संगठनात्मक, समृद्ध, सम्पन्न समाज बनाउने र देशलाई गरिवीतर्फ धकेल्नेहरु बीचको लडाइ लडिरहेको दाबी गरे । पूर्व प्रधानमन्त्री ओलीले आफ्नो सरकाकरका पालामा हुलाकी सडक, मदन भण्डारी सडक, रेल वे, अपर तामाकोशी, मेलम्ची खानेपानी, तुइन समाप्त पार्ने जस्ता महत्वपूर्ण अभियानलाई कार्यान्वयन गर्दै देशको आर्थिक वृद्धिदर ७ प्रतिशत बढी भएको दाबी गरे । 

अध्यक्ष ओलीले आफूहरुको पालामा युवा विदेश जाने क्रम १८ प्रतिशतले न्यून रहेको दाबी गरे । 

प्रशिक्षण कार्यक्रममा एमाले सचिव एवम् पूर्वमन्त्री छविलाल विश्वकर्माले जनताका मुद्धालाई स्पष्टसँग बुझ्ने र जनताका कुरा सुन्ने काम मिसन ग्रासरुट अभियानमार्फत हुने बताए ।

नेता विश्वकर्माले हालै स्ववीयू निर्वाचनको परिणामबाट पनि नेकपा एमालेको शक्ति र पार्टीप्रति युवा पुस्ताको आकर्षण स्पष्ट भएको जिकिर गरे । जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले मिसन ग्रासरुट मार्फत जनताका समस्या समाधान बल पुग्ने दाबी गरे । 

प्रशिक्षण कार्यक्रममा एमाले नेतृ राधिका शाक्य, एमाले सचिव एवम् पूर्व मन्त्री छविलाल विश्वकर्मा, एमाले स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका पूर्व मुख्य मन्त्री भीम आचार्य, स्थायी कमिटी सदस्य एवम् विदेश विभाग प्रमुख डा. राजन भट्टराई, एमाले पोलिटब्यूरो सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी, एमाले स्थायी कमिटी सदस्य दधिराम न्यौपाने, एमाले पोलिटब्यूरो सदस्य, लुम्बिनी प्रदेशका सहइन्चार्ज एवम् राष्ट्रिय सभा सदस्य विमला घिमिरे, नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री वृजेशकुमार गुप्ता, नेकपा एमालेका केन्द्रीय सदस्य सिराज फारुकी, नेकपा एमालेका केन्द्रीय सदस्य, कपिलवस्तु इन्चार्ज एवम् कपिलवस्तु क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य बलराम अधिकारी, एमाले केन्द्रीय सदस्य भूमिश्वर ढकाल लगायतको आतिथ्यता रहेको एमाले कपिलवस्तुले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ