- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बुटवल । लुम्बिनी प्रदेशमा रहेको एमाले नेतृत्वको सरकारलाई समर्थन दिएका दलहरुले फिर्ता लिने भएका छन् । समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएको छ ।
आइतबार माओवादी केन्द्रका मन्त्रीहरुले समर्थन फिर्ता लिएपछि एमाले मुख्यमन्त्री लिला गिरीको सरकार ढल्ने भएको हो । बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले समर्थन दिएका दलहरुले आज नै समर्थन फिर्ता लिने र मुख्यमन्त्री लिला गिरीले नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गरेर नयाँ सरकार गठनको बाटो खोलिदिनेमा विश्वास व्यक गरे ।
लुम्बिनीमा जम्मा ८७ जना सांसदहरु छन् । जसमध्ये ५४ जना सांसदहरुले नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई समर्थन गरेको सभापति पुनले बताए ।
डिल्ली चौधरीलाई मुख्यमन्त्री दावी गर्न १ बजे माओवादी सहितका दलहरु प्रदेश प्रमुखको कार्यालय बुटवलमा जाने तयारी रहेको माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले जनाए ।