arrow

द्रौपदी पश्चिम बङ्गाल भ्रमणमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १३ सोमबार
draupadi-murmu-president-india-2023.jpg

नयाँदिल्ली । भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सोमबार पश्चिम बङ्गालको दुई दिने भ्रमणका लागि प्रस्थान गरेकी छिन् । देशको राष्ट्रपतिको रूपमा शपथ लिएपछि मुर्मूको यो पहिलो राज्य भ्रमण हो । 

राष्ट्रपति मुर्मूले आफ्नो भ्रमणका क्रममा सोमबार भारतीय नेताजी सुभाषचन्द्र बोसप्रति श्रद्धाञ्जली अर्पण गर्न कोलकातास्थित नेताजी भवन गएकी छिन् । 

 त्यसपछि उनी जोरासांको ठाकुरबारीस्थित रवीन्द्रनाथ टैगोरको घरमा गएर टैगोरप्रति श्रद्धाञ्जली अर्पण गर्नेछिन् । 

राष्ट्रपति मुर्मू सोही साँझ कोलकाताको नेताजी इन्डोर रङ्गशालामा आफ्नो सम्मानमा आयोजना हुने नागरिक अभिनन्दन समारोहमा सहभागी हुनेछिन् भने मंगलबार राष्ट्रपति मुर्मूले बेलुर मठको भ्रमण गर्नेछिन् । 

उनी कोलकाता यूको बैंकको ८० वर्ष पूरा भएको उत्सवमा गरिने एक कार्यक्रममा पनि सहभागी थिइनन् । त्यसपछि उनले शान्तिनिकेतनको भ्रमण गर्नेछिन् । जहाँ उनी विश्वभारतीको वार्षिक दीक्षान्त समारोहमा सहभागी हुनेछिन् । 

यसअघि मार्च १९ मा राष्ट्रपति मुर्मूले तमिलनाडुको कन्याकुमारी जिल्लामा रहेको विवेकानन्द रक स्मारकको भ्रमण गरेकी थिइन् । 

त्यसैगरी अघि मार्च १६ देखि मार्च २१ सम्म राष्ट्रपति मुर्मू केरला, तमिलनाडु र लक्षद्वीपको एक हप्ताको भ्रमणमा थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ