arrow

बोकालाई संगिनी सुई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १३ सोमबार
sangini-vaccine.jpg

तम्घास । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाका दुई वडामा बोका, पाठालाई संगिनी सुई लगाइएको पाइएको छ । वडा नम्बर १ नयाँगाउँ र वडा नम्बर ७ वाग्लाका बोका, पाठामा महिलालाई गर्भ रोक्न लगाइने संगिनी सुई लगाएको पाइएको हो । गाउँपालिकाले आज सूचना जारी गर्दै वडाको निजी क्षेत्रमा रही पशु सेवामा कामकाज गर्ने पशु प्राविधिक तथा ग्रामी(ा पशु स्वास्थ्य कार्यकर्ताहरुबाट नियम विपरीत महिलामा प्रयोग हुने हर्मोन संगिनी सुई पशुमा प्रयोग गरेको पाइएको भन्दै अब आइन्दा सो कार्य गरेको पाइए कानूनी कारबाही गर्ने जनाएको छ । 

उक्त हर्मोनको दीर्घकालीन असर मानव स्वास्थ्यमा पर्ने भन्दै पालिकाले सचेतसमेत गराएको छ ।  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ