arrow

सत्ता गठबन्धनको बैठक जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १४ मंगलबार
10party-meeting-gathabandhan.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ । सरकार सञ्चालन र मन्त्रालय बाँडफाँटका विषयमा छलफल गर्न गठबन्धनको बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका शीर्ष नेताहरु सहभागी रहेका छन् ।

प्रधानमन्त्री प्रचण्डले ६ चैतमै विश्वासको मत लिए पनि अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । उनले चैत १० भित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए । 

प्रचण्ड एक्लैले १६ मन्त्रालयको कार्यभार सम्हालिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ