arrow

गठबन्धनको बैठकमा न्यूनतम साझा कार्यक्रममा छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १४ मंगलबार
10parties-meeting-gathabandhan-2079-12-14.jpg

काठमाडौं । १० दलीय सत्ता गठबन्धनको बैठकमा न्यूनतम साझा कार्यक्रममाथि छलफल भएको छ। मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक रहेको र बुधवार पुनः बसेर निष्कर्ष निकाल्ने बताए ।

उनले बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भएको बताए । उनले भने, ‘सरकार पक्षीय राजनीतिक दलका नेताको बैठक बस्यो । बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भयो। भोलि फेरि बैठक बस्नेछ।’

प्रमुख सचेतक लेखकले मन्त्रालयको बारेमा केही समस्या नरहेको पनि बताए । उनले आजको बैठकमा मन्त्रालय भागबण्डाको विषयले प्रवेश नपाएको प्रष्ट पारे ।

 ‘भागबण्डाको बारेमा छलफल भएन। सरकार चाँडो भन्दा चाँडो सरकार विस्तार गर्ने कुरा भयो। सरकार चाँडै विस्तार हुनेगरी छलफल भयो। मन्त्रालय नमिल्ने भन्ने समस्या छैन। गठबन्धनलाई निरन्तरता दिने कुरा भएको छ। मन्त्रालयका बारेमा कुनै विवाद छैन’’, नेता लेखकले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ