arrow

तीव्र रूपमा फैलियो कोरोना, दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १६ बिहिबार
corona-virus-covid-19.jpg

काठमाडौं । भारतमा कोरोना सङ्क्रमण तीव्र रूपमा बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा भारतमा ३ हजार १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । भारतमा दैनिक २.७३ प्रतिशतका दरले संक्रमित बढी रहेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।  

बुधबार मात्र भारतमा एकै दिनमा २ हजार १ सय ५१ नयाँ संक्रमणका केसहरू रेकर्ड गरिएको थियो । जुन पाँच महिनामा सबैभन्दा उच्च हो ।

यता बढ्दो संक्रमणसँगै नयाँ दिल्लीमा ३ सय नयाँ कोरोना संक्रमित थपिएका छन् । कोरोनाका कारण २ जनाको मृत्यु पनि भएको छ । दिल्लीमा सङ्क्रमण दर १३.८९ प्रतिशत पुगेको छ । दिल्लीमा २१ सय ६० जनामा ​​कोरोना परीक्षणमा ३ सयमा सङ्क्रमण भेटिएको हो ।

भारतमा निरन्तर संक्रमित बढिरहँदा नेपाल पनि सुरक्षित रहन सकेको छैन  । नेपालमा कोरोना भाइरसको महामारी दिनानुदिन बढ्दो क्रममा रहेको छ । बिहीबार मात्रै २५ संक्रमित थपिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ