arrow

मन्दिरमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३५ पुग्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १७ शुक्रबार
hindu-well.JPG

काठमाडौं ।  रामनवमी पर्वमा टेलनगरस्थित शिव मन्दिरमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

इन्दोरको बेलेश्वर महादेव झुलेलाल मन्दिरमा भीडको भार थाम्न नसक्दा स्ल्याब भत्किएर दुर्घटना भएको थियो ।   

१२ बजेदेखि राति डेढ बजेबीच थप १६ जनाको शव निकालिएको थियो।

अहिले पनि उद्धार कार्य जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सेना उद्धारमा जुटेको छ । 

बिहीबार मन्दिरमा हवन-पूजनको आयोजना गरिएको थियो, जसमा धेरै भक्तहरू सहभागी हुन पुगेका थिए। 

यसैबीच मन्दिरको भुईँ तलाको स्लेव खसेको थियो । जसका कारण ६० भन्दा बढी मानिस पानी भएको स्थानमा खसेका थिए । 

सो इनार करिब ४० फिट गहिरो रहेको  छ ।  जसमा धेरै पानी पनि भरिएको छ । 

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा डोरीको सहायताले मानिसलाई इनारबाट बाहिर निकालेको थियो ।

उनीहरू भगवान् रामको आरतीको तयारी भइरहेको समय खसेका हुन् । 

मन्दिरका पुजारी लक्ष्मीनारायण शर्माका अनुसार हवन सधैँ बाहिर हुने भए पनि यसपटक नयाँ मन्दिर बनिरहेकाले भित्रै भएको थियो।

उनको समेत पानीबाट उद्धार गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ