arrow

जासुसीको आरोपमा अमेरिकी संवाददातालाई पक्रियो रुसले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १७ शुक्रबार
evan-wall-street-journal-journalist.jpg

वासिङटन । रुसको सुरक्षा सेवाले जासुसी गरेको आरोपमा वाल स्ट्रीट जर्नलका संवाददातालाई पक्राउ गरेको छ । शीतयुद्धपछि पहिलोपटक अमेरिकी पत्रकार रुसमा पक्राउ परेका हुन् ।

 पत्रिकाले रुसी आरोप अस्वीकार गर्दै उनको तत्काल रिहाइको माग गरेको छ । साथै पत्रिकाले उनका परिवारजनप्रति ऐक्यबद्धता प्रकट गरेको छ । 

३१ वर्षीय इभान गर्शकोविचलाई रुसको चौथो ठूलो शहर येकातेरिनबर्गबाट बुधबार पक्राउ गरेको हो । रुसको सङ्घीय सुरक्षा सेवाले उनलाई गोप्य सूचना प्राप्त गर्न खोजेको आरोप लगाएको छ । अमेरिकाको निर्देशनमा उनले रुसी सैनिक र उसका गतिविधिबारे सूचना सङ्कलन गरेको आरोप लगाइएको छ । 

रुसको गुप्तचर सेवा एफएसबीले पत्रकार गर्शकोविचलाई पक्राउ गरेको हो । सोभियत युगको गुप्तचर निकाय केजिबीको मुख्य उत्तराधिकारीका रूपमा एफएसबी परिचित छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ