arrow

तीन सातापछि ए डिभिजन सोमबारदेखि, पाँचौं चरणसम्म को कहाँ ? नयाँ तालिकासहित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १८ शनिबार
a-division-khumaltar-friends-2079.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलले तीन साता विश्राम पाएको छ । यो विश्रामको समयमा क्लबहरुले विभिन्न नकआउट प्रतियोगितामा सहभागीता जनाएका छन् । चैत २० गते सोमबारबाट छैटौं चरणका खेलहरु शुरु हुनेछन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले छैटौंदेखि १३ औं चरणसम्मका खेलको तालिका पनि सार्वजनिक गरिसकेको छ । पाँचौं चरणसम्मका ३५ खेलहरु सकिँदा सातदोबाटो युथ क्लबले शीर्ष स्थानमा कब्जा गरेको छ । सातदोबाटोले ५ खेलमा १२ अंक जोडेको छ । एउटा खेल हारेको छ । 

दोस्रो स्थानमा रहेको लिगको सर्वाधिक सफल टिम मनाङ मर्स्याङदी क्लबको ११ अंक छ । मनाङ अहिलेसम्म अपराजित छ । उसले २ खेल बराबरी गरेको छ । 

नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेड ११ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । चर्च ब्वाइज पनि अपराजित छ । मनाङ र चर्चमात्र अहिलेसम्म अपराजित छन् । 

१० अंक जोडेको जावलाखेल युथ क्लब चौथो तथा ८ अंक जोडेको त्रिभुवन आर्मी क्लब पाँचौं स्थानमा रहेको छ । पाँचौं चरणमा आएर नेपाल पुलिस क्लबले पहिलो एक अंक जोडेको छ । पुलिस अंक तालिकाको पुछारमा रहेको छ ।

पाँचौं चरणसम्म कुल ७० गोल भएको छ ।  विपक्षी टोलीविरुद्ध मनाङ, आर्मी, जावलाखेल र एनआरटीले सर्वाधिक ७–७ गोल गरेका छन् । सर्वाधिक गोल खाने टोली एनआरटी रहेको छ । एनआरटीले ११ गोल व्यहोरेको छ  ।   

पाँचौं चरणसम्म सर्वाधिक गोलकर्ता सातदोबाटोका दीपक सिंह ठकुरी रहेका छन् । उनले ५ खेलमा ४ गोल गरेका छन् ।

यस्तै थ्री स्टारका अजयी मार्टिन र मनाङका सेदजामोल दाभ्लातजोनोभले समान ३–३ गोल गर्दै शीर्ष तीनमा छन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ