arrow

पाकिस्तानमा खाद्यान्न बाँड्दा भागदौडमा तीन बालबालिका र नौ महिलासहित १२ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १८ शनिबार
food-distribution-clash-pakistan.jpg

कराँची । पाकिस्तानको कराँचीस्थित एक कारखानामा  खाद्यान्न वितरण गर्ने क्रममा शुक्रबार भएको भागदौडमा १२ जनाको मृत्यु भएको छ ।  मृतकहरूमा नौजना महिला रहेका छन् । तीन जना बालबालिका रहेका छन् ।

निःशुल्क खाद्यान्न वितरण भइरहेको ठाउँमा एक्कासी भागदौड मच्चिदा उक्त दुर्घटना भएको हो । उद्धार अधिकारी र यस क्षेत्रका प्रहरी अधिकारीका अनुसार उक्त स्थानमा ठूलो भीड जम्मा भएको थियो ।

कारखानामा पेट्रोल चुहावटका कारण आगलागी भएको हल्ला फैलिएपछि भागदौड मच्चिएको बताइएको छ । 
घाइतेहरू मध्ये कैयौंको अवस्था गम्भीर छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ