arrow

तीन सय १७ दिन जेल बसाइपछि छुटे सिद्धु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १८ शनिबार
navjot-singh-siddhu-india.jpg

काठमाडौं । भारतीय कांग्रेसका पूर्व सांसद एवं पूर्व क्रिकेटर नवोजित सिंह सिद्धु जेलबाट छुटेका छन् । 

तीन सय १७ दिन जेल बसाइपछि उनी छुटेका हुन् । उनी पटियाला सेन्ट्रल जेलबाट छुटेका हुन् । उनी एक वर्षको जेल सजाय पाएका भए पनि जेल गएदेखि ४८ दिनको बिदा नबसी उनी एकैपटक ४८ दिन अगाडि नै छुटेका हुन् । 

सन् १९८८ मा पटियालामा भएको रोडरेज काण्डमा दोषी पाइएपछि उनलाई एक वर्षको जेल सजाय भएको हो । उनलाई सन् २०२२ को १९ मे मा सजाइ सुनाइएको थियो । २० मे मा उनले आत्मसमर्पण गरेका थिष्ए । 

उनले एक वृद्धलाई मुक्काले हानेर मारेका थिए । सन् १९९९ मा प्रमाणको अभावमा छुटेका थिए । उच्च अदालतले सन् २००६ मा ३ वर्षको सजाय सुनाएको थियो । 

सन् २०१८ मा सर्वोच्च अदालतले जरिवाना तिराएर दोषमुक्त गरेको थियो । तर पुनर्विचार मुद्दामा उनलाई एक वर्षको सजाय भएको थियो । 

जेलबाट छुटेपछि उनलाई सयौं नेता कार्यकर्ताले स्वागत गरेका थिए । उनले जेलबाट छुटेपछि कांग्रेस नेता राहुल गान्धीको लोकसभा सदस्यता खारेज भएकोप्रति लोकतन्त्र गुलाम भएको आरोप लगाए । 

उनले केन्द्र सरकार राष्ट्रपति शासनको षड्यन्त्र रचिरहेको बताएका छन् । उनले आफुनी पत्नी क्यान्सर पीडित रहेको तर आफू देशका लागि लडिरहने बताएका छन् । 

उनले पञ्जाबका मुख्यमन्त्री भगवन्त मान र केन्द्र सरकारमाथि पनि कडा आक्रमण गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ