arrow

भुटानका राजा भारत भ्रमण गर्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १९ आइतबार
bhutan-palace.jpg

भुटान ।  भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले भोली सोमबार देखि तीनदिनेभारतको राजकीय भ्रमण गर्ने भएका छन् । 

भ्रमणमा उनका साथमा परराष्ट्र तथा बाह्य व्यापारमन्त्री डा टाण्डी दोर्जी र भुटान सरकारका वरिष्ठ अधिकारी पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 राष्ट्रपति द्रौपदी मुर्मूको निमन्त्रणामा उनको भारत भ्रमण हुन लागेको हो । 

भुटानका राजाको भ्रमण दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको लामो समयदेखिको परम्परागत संस्कृति अनुरूप हुने बताइएको छ । 

भ्रमणका क्रममा उनले राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भारतीय विदेशमन्त्री एस जयशंकर र वरिष्ठ अधिकारीहरूले भुटानका राजासँग शिष्टाचार भेट गर्नेछन् । 

भारत र भुटानबीच मित्रता र सहयोगको अद्वितीय सम्बन्ध छ, जुन समझदारी र पारस्परिक विश्वासको विशेषता हो ।

यो भ्रमणले दुवै पक्षलाई द्विपक्षीय सहयोगका सम्पूर्ण आयामहरूको समीक्षा गर्न र आर्थिक र विकास सहयोगसहित घनिष्ठ द्विपक्षीय साझेदारीलाई अझ प्रगाढ बनाउन अवसर प्रदान गर्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ