arrow

सानेपामा नेवीसंघको नाराबाजी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १९ आइतबार
nc-party-building.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेवीसंघ)का नेता कार्यकर्ताले नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा नाराबाजी गरेका छन् । सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नुअघि नेवीसंघका नेता कार्यकर्ताले नाराबाजी शुरू गरेका हुन् ।

नेवीसंघको केन्द्रीय महाधिवेशन तत्कालै गर्न कांग्रेस नेताहरूलाई दबाब दिन नाराबाजी गरेको बताइएको छ  । पार्टीको कार्यसम्पादन समिति बैठकअघि नाराबाजीले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ ।

आज मन्त्री छान्न र उपनिर्वाचनबारे निर्णय गर्न कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । 

उपनिर्वाचनको उम्मेदवार तय गर्ने र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम चयन गर्ने सभापति शेरबहादुर देउवाले जिम्मा पाएका छन् ।  देउवाले सम्मानजनक सिट नदिएसम्म आफ्नो तर्फका व्यक्तिको नाम नपठाउने निर्णय डा. शेखर कोइराला पक्षले गरेसँगै मन्त्रिपरिषद् अपूर्ण भएको छ । 

कांग्रेसले आठ वटा मन्त्रालयको जिम्मा पाएको भए पनि चार जना मात्र मन्त्री पठाएको छ । कोइराला पक्षले सकभर चार जना र नभए सम्मानजनक रूपमा तीन जनालाई मन्त्री बनाउनु पर्ने बताउँदै आएको छ । कोइराला पक्ष आजको बैठकमा कडा रूपमा प्रस्तुत हुने जनाएको छ ।  देउवाले जम्मा दुई जनाको मात्र नाम मागेपछि कोइराला पक्ष असन्तुष्ट बनेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ