arrow

अर्थमन्त्री महतले विश्वास दिलाउँदै भने – शेयर लगानीकर्ताको मनोबल बढाउने काम गर्छु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २० सोमबार
dr-prakash-sharan-mahat-enterpreneur.jpg

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर लगानीकर्ताको मनोबल बढाउने गरी काम गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, पूँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा भेट गर्न गएको टोलीसँग सोमबार बिहान मन्त्री महतले विश्वास दिलाउँदै शेयर लगानीकर्ताको मनोबल बढाउने काम गरेका हुन् । 

छलफलमा अर्थमन्त्री महतले सल्लाह सुझाव लिएर अगाडि बढ्ने बताउँदै आगामी दिनमा संवादलाई निरन्तरता दिने पनि बताएका छन् । महतलाई भेट्न पौडेलसँगै ब्रोकर संघ, मर्चेन्ट बैंकर तथा लगानीकर्ताहरु पनि सहभागी भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ