arrow

पूर्ण खोप सुनिश्चित घोषणा तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २३ बिहिबार

विराटनगर ।  विराटनगर महानगरपालिकालाई कोशी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने तयारी भएको छ । 

पूर्ण खोप सुनिश्चित पालिका घोषणाका लागि महानगरले सरोकारवालासित छलफल गरेको छ । विराटनगरलाई आगामी वैशाख ३ गते पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने महानगरको योजना रहेको छ ।

महानगर प्रमुख नागेश कोइरालाले पूर्ण खोप सुनिश्चित घोषणाका लागि महानगरले तयारी तीव्र बनाएको जानकारी दिए । प्रमुख कोइरालाको अध्यक्षतामा भएको छलफलमा मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले तथ्य र तयारीका आधारमा अनुगमन गरेर आउने प्रतिवेदनअनुसार पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गर्नुपर्नेमा जोड दिए ।

उनले प्रशासनका तर्फबाट महानगरलाई पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्न सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सबै खोप लगाउनु बालबालिकाको नैसर्गिक अधिकार भएको धारणा राखे । 

 पूर्ण खोपका लागि पूर्वतयारी अन्तिम चरणमा पुर्‍याएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । महानगरका १९ वटै वडाका पाँच वर्षमुनिका करिब ११ हजार बालबालिकाको जाँच गर्दा ७५ जना बालबालिकामात्रै खोपबाट वञ्चित भएको पाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ