arrow

आईपीओ बिक्रीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २३ बिहिबार
ipo-final.jpg

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आज बिहीबार चैत २३ गतेदेखि आईपीओ बिक्रीमा ल्याएको छ । कम्पनीले सर्वसाधारणका लागि उक्त आईपीओ निष्काशन गरेको हो । यस भूगोल इनर्जीले १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता आईपीओ जारी गरेको हो । 

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि योमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार ८११ कित्ता निष्कासन गरिसकेको छ । सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात ७१ हजार ९१६ कित्ता छुट्याइएको छ भने बाँकी रहेको १३ लाख ४६ हजार ९९३ कित्तामा सर्वसाधारणले चैत २७ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त अवधिमा सबै सेयर बिक्री नभएमा २०८० वैशाख ७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ भर्न सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर गर्न सकिनेछ ।

रेटिङ एजेन्सी इक्रा नेपालले भूगोल इनर्जीलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत जनाउँछ । यो आईपीओमा एनआईसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ