- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सत्ता गठबन्धनले साँझ ५ बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बिस्तार भएपछि आज बिहान न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायत सहभागी थिए ।
कार्यदलले तयार पारे अनुसार ९ वटा विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।
तत्कालीन नेकपा एमाले सम्मिलित कार्यदलले बनाएको विषयलाई परिमार्जन गरिएको र नेपाली कांग्रेसका चुनावी एजेन्डालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाइएको बुझिएको छ ।