arrow

जापानको मृत्यु दरमा दोब्बर वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २४ शुक्रबार
japan-corona.jpg

जापान । जापानमा सन् २०२२ मा एक लाख १३ हजारभन्दा बढीको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । 

यो सङ्ख्याले कोभिड-१९ का कारण प्रत्यक्ष र अप्रत्यक्ष रूपमा मृत्यु दरमा वृद्धि हुन सक्ने सम्भावनालाई जोड दिएको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयअन्तर्गतको संस्था नेसनल इन्स्टिच्युट अफ इन्फेक्शियस डिजिज (एनआईआईडी) ले उक्त अनौपचारिक तथ्याङ्क तयार पारेको हो । 

एनआईआईडीका अनुसार सन् २०२२ को एक निश्चित अवधिमा मृत्युको अवलोकन गरिएको सङ्ख्या र सोही अवधिमा मृत्युको अनुमानित सङ्ख्याबीचको भिन्नताको रूपमा परिभाषित गरिएको अतिरिक्त मृत्युको सङ्ख्या  ४७ हजार ३३० देखि उक लाख १३ हजार ३९९ को बीचमा थियो । यस्तो सङ्ख्या सन् २०२१ मा एघार हजार ४७५ देखि ५० हजार ४९५ थियो ।

एनआईआईडीका महानिर्देशक तथा स्वास्थ्य मन्त्रालयको सल्लाहकार समितिका अध्यक्ष ताकाजी वाकिताले बुधबार पत्रकारहरूसँग भने, “यस्तो मृत्युमा वृद्धि कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको फैलावटसँग जोडिएको हुन सक्छ, जसले गत वर्ष जापानमा कोभिड-१९ सङ्क्रमण र मृत्युको रेकर्ड स्तरलाई बढायो ।

वाकिताले भने “हामीले श्वासप्रश्वाससम्बन्धी रोग र वृद्धावस्थामा मृत्यु हुनेको सङ्ख्यामा वृद्धि देखेका छौं ।”

उनले भने, “यो ओमिक्रन भेरिएन्टको फैलावटबाट प्रभावित भएको हुन सक्छ । हामीले यस विषयमा थप विश्लेषण गर्न आवश्यक छ ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ