arrow

‘मलाई जेल हाल’ भन्दै लाग्यो लाइन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २५ शनिबार
tihad-jail-india.jpg

नयाँदिल्ली । शुक्रबार भारतको नयाँदिल्लीको तिहाड जेल बाहिर एउटा अनौंठो दृश्य देखियो । जेल जानका लागि आत्मसमर्पण गर्न आएका कैदीहरूको लामो लाइन मात्रै देखिएन कि जेल भित्र जानका लागि एक आपसमा तछाड मछाड गरेको दृश्य पनि ढोका देखियो । मानौं कारागारमा सबैभन्दा पहिले को प्रवेश  गर्ने भन्नेमा कैदीबन्दीहरुको बीचमा प्रतिस्पर्धा चलिरहेको छ । 

वास्तवमा कोरोना महामारीका बेला सर्वोच्च अदालतको आदेशमा ४ हजार ६८३ कैदी रिहा भएका थिए । जसमा ११ सय ८४ कैदीले सजाय पाएका थिए भने अन्य विचाराधीन कैदी थिए । कोरोना महामारीमा बाहिर आउन पाएकामध्ये अधिकांश कैदी अहिलेसम्म कारागारमा फर्केर गएका थिएनन् । 

तर, गत फागुन २४ गते भारतीय सर्वोच्च अदालतले जेलबाट बाहिर आएका सबै कैदीलाई समयसीमा नै तोकेर एक महिनाभित्र जेलमा आत्मसमर्पण गर्नुपर्ने आदेश दियो । 

अदालतको आदेश अनुसार यसरी आत्मसमर्पण गर्ने अन्तिम दिन चैत २५ गते रहेको थियो । त्यसैले आत्मसमर्पण गर्ने अन्तिम मिति अर्थात चैत २५ गते तिहाड जेलको बाहिर कैदीहरुको लस्कर लागेको हो । उनीहरुबीच को पहिला जाने भन्नेमा सामान्यसम्म झगडासमेत भएको इन्डिया टिभीले जनाएको छ । 

अहिलेसम्म १ हजार ७६८ कैदीले आत्मसमर्पण गरिसकेका छन् । यद्यपि अझै धेरै कैदी आत्मसमर्पण गर्न नपुगेको भारतीय मिडियाहरूले जनाएका छन्  ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ