arrow

पीडितसँग गृहमा वार्ता हुँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २७ सोमबार
ministry-home-affairs.jpg

काठमाडौं। आज सरकारले मिटरब्याज पीडितसँग गृह मन्त्रालयमा वार्ता गर्ने भएको छ । सरकारी वार्ता टोलीले मिटरब्याज पीडितहरूको दोस्रो समूहसँग मन्त्रालयमा वार्ता गर्ने भएको हो ।  आइतबार भएको वार्तामा आज मन्त्रालय वार्ता गर्ने सहमति भएको  टोलीका संयोजक  दीपकुमार कोइरालाले जानकारी दिए । 

“आइतबार दुवै तर्फका वार्ता टोलीबीच परिचय भयो, आज १० बजे गृह मन्त्रालयमा वार्ता गर्ने सहमति भएको छ, कोइरालाले भने, “दुवै पक्ष पीडितकै तर्फबाट कसरी समस्या समाधान गर्न सकिन्छ भन्नेमै रहेकाले प्रक्रिया कसरी अघि बढाउने भन्ने विषय मुख्य छ ।”

यसअघि मिटरब्याज पीडितको पहिलो समूहसँग गृह मन्त्रालयले चैत १८ गते पाँच बुँदे सहमति गरेको थियो । त्यो सहमति अपूरो भएको भन्दै अहिलेका मिटरब्याजी पीडित सङ्घर्ष समितिले छ बुँदे माग राखेका छन् । उनीहरूले १८ जिल्लाका संयोजक रहने गरी १९ जनाको आइतबारै वार्ता टोली गठन गरेका थिए । 

मिटरब्याजीका नाममा भएको सबै लिखत अवैध घोषणा गर्नुपर्ने, आफूहरू विरुद्धको मुद्दा स्थगित र फैसला भएको मुद्दाको पुनरावलोकन हुनुपर्ने, पक्राउ पुर्जी खारेज, कारागार गएकाको रिहाइ बैङ्किङ कसुरका मुद्दा खारेज तथा मिटरब्याजीको सम्पत्ति छानबिन लगायतको माग आफूहरूको रहेको सङ्घर्ष समितिका संयोजक अवदेश कुशवाहले बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ