arrow

रुख पल्टँदा सात भक्तजनको मृत्यु, ३० घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २७ सोमबार
nim-tree.JPG

काठमाडौं । भारतमा नीमको रुख पल्टँदा सात जनाको मृत्यु भएको छ । महाराष्ट्रको अकोलामा  रुख लड्दा अन्य ३० जना घाइते भएका छन् । 

आइतबार  साँझ ७ बजेदेखि भारी वर्षासँगै हावाहुरी चल्न थालेपछि नीमको रुख उख्लेर सबै भक्तजन जम्मा भएको टिनको शेडमा खसेको थियो । 

जसमध्ये ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ३६ जनालाई अस्पतालमा भर्ना गरिएको थियो । घाइतेमध्ये थप ३ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

बाबुजी महाराज संस्थानमा धार्मिक कार्यक्रममा सहभागी हुन करिब ४० जना त्यहाँ पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ