arrow

राप्ती सोनारीको शैक्षिक अवस्थामा सुधार 

logo
सौरभ गिरी, 
प्रकाशित २०७९ चैत २७ सोमबार
rapti-sonari-gaupalika-राप्ती सोनारी गाउँपालिका.jpg

नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकामा शिक्षाको गुणस्तर बलियो हुँदै गएको छ । विद्यालय भन्दा पनि बाहिर देखिने विद्यार्थीहरु अहिले नियमित विद्यालय जान थालेका छन् ।

 विद्यालयमा नियमित गएर कक्षा लिन थालेपछि पालिकाको शैक्षिक अवस्थामा सुधार आएको हो । राप्ती सोनारीमा सामुदायिक ५४ र संस्थागत १७ गरी ७१ विद्यालय रहेका छन् । जसमा विद्यार्थी संख्या १५ हजार ३ सय ३३ रहेको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख जीवन न्यौपानेले जानकारी दिए ।

राप्ती सोनारीमा स्वीकृत दरबन्दी २३० रहेकोमा राहत ११७ रहेका छन् । शिक्षक अनुदान भने २२ जनाको रहेको छ । शिक्षक दरबन्दी स्थानीय तहबाट अनुदान प्राप्त २०६ रहेको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख न्यौपानेले जनाए । 

राप्ती सोनारीमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र, शिक्षा विकास तथा समन्वय इकाई , संघ तथा प्रदेश सरकार र अन्य गैरसरकारी संस्था लगायतले शिक्षा विकासमा सहकार्य गरेका छन् ।

गाउँपालिकाका पदाधिकारी, विद्यालय व्यवस्थापन समिति, अध्यक्ष, प्रधानाध्यापक सहितका सरोकारवालाहरुसँग आवश्यक समन्वय, छलफल तथा अन्तरक्रिया कार्यक्रमहरु समय समयमा गरिँदै आइएकाले पनि विद्यालयहरुमा भैरहेको गतिविधि र समस्या समाधान गर्न सहज बनेको राप्ती सोनारी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले जानकारी दिए ।

विद्यालयहरुमा समय समयमा संयुक्त अनुगमन जनप्रतिनिधि र कर्मचारीहरुले गरिरहेको प्रमुख प्रशासकीय अधिकृत देवकोटाले जनाए । विद्यालय भौतिक सुधारका कार्यक्रम, शैक्षिक गुणस्तर सुधारका कार्यक्रय समयमै प्रस्तावना माग गरी विवरण गरिएकोले समयमा नै सम्पन्न हुन सकेकाले पनि शिक्षा विकासको गति तीव्र देखिएको हो ।

गाउँपालिकाले न्यून दरबन्दी रहेका विद्यालयहरुमा गाउँपालिका शिक्षण अनुदानबाट शिक्षक व्यवस्थापन गरी न्यून शिक्षक समस्यालाई केही हदसम्म समाधान गर्न खोजिएको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले जनाए । 

शैक्षिक गतिविधि र गुणस्तरलाई विशेष ध्यान दिइएको पालिका अध्यक्ष पौडेलले बताए । अध्यक्ष पौडेलले प्रयाप्त शिक्षक दरबन्दी नहुनु, विषयगत शिक्षकको अभाव हुनु, विद्यार्थी संख्या अधिक भएका विद्यालयहरुमा प्रयाप्त भौतिक पुर्वाधार नहुनु, शौचालय निर्माण, मर्मत, घेरवार कार्यक्रम अप्रयाप्त रहनु लगायतका समस्या केही मात्रामा कायमै रहेको बताए ।

शिक्षा तथा खेलकुदको समस्यालाई सरोकारवालाहरुसँग समय समयमा छलफल तथा अन्तरक्रिया गरी समाधान निकाल्ने प्रयत्न भएको राप्ती सोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिष सिंह थारूले बताइन् । थारूले न्यून शिक्षक दरबन्दी रहेका विद्यालयहरुमा गाउँपालिका शिक्षण सहयोग उपलब्ध गराउने बताइन् । 

विद्यार्थी संख्याको आधारमा आवश्यक भवन तथा शौचालय निर्माण गर्ने योजना अनुरुप आगामी कार्ययोजना निर्माण गरिएको पालिकाले जनाएको छ ।

राप्ती सोनारीका सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने कक्षा १ देखि ६ सम्मका विद्यार्थीहरुलाई दिवा खाजाका रुपमा बजेट चौमासिकमा दिने गरिएको छ । 

हाससम्म ३ पटकसम्म एक पटकको ७० हजारका दरले वितरण गरिसकिएको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा चारकोठे चार वटा भवन, २ कोठे दुईवटा भवन निर्माण गरेको छ । 

यस आर्थिक वर्षका लागि गाउँपालिकाले ७ करोड ५० लाख शिक्षा क्षेत्रका लागि छुट्याएको छ । गाउँपालिकाले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

राष्ट्रिय भारत्तोलन खेलाडी सन्जु चौधरीको नाममा २ लाख बराबरको अक्षयकोष पनि स्थापना गरिएको शिक्षा शाखा प्रमुख न्यौपानेले जानकारी दिए । 

पालिकाका जनप्रतिनिधि र कर्मचारीबीच ब्याडमिन्टन खेल भइरहेको छ भने अर्को राप्ती सोनारी गाउँपालिका स्तरीय भलिबल ३० वर्ष भन्दा मुनि र ३० वर्ष भन्दा माथि उमेर समूहबीचको प्रतियोगिता यही चैत २४ गतेबाट संचालनमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ