arrow

बालेनलाई गृहमन्त्रीको यस्तो जवाफ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २७ सोमबार
narayankaji-shrestha-maobadi.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले चौध उदाहरण दिँदै सिंहदरबारको फोहर नउठाउनुको कारण बताएसँगै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ फर्काएका छन् । चितवन पुगेका गृहमन्त्री श्रेष्ठले सहयोग चाहिए प्रक्रियागत रूपमा अघि बढ्नुपर्ने जवाफ फर्काएका हुन् । 

श्रेष्ठले सरकारहरूबीच कुनै कामका लागि समन्वय हुनका लागि औचित्य पुष्टि हुने गरी तथ्यसंगत रूपमा आउनुपर्ने पनि बताए। बालेनले सिंहदरबारको फोहर लहडमा नउठाएको नभई बारम्बारको प्रयास असफल भएपछि सो निर्णय लिनु परेको बताएका थिए ।

श्रेष्ठले मेयरले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर भन्न मिल्छ भनी प्रश्न समेत गरेका छन् । उनले भने 'सिंहदरबारको फोहर उठाउँदिनँ भनेर महानगरको मेयरले भन्न मिल्छ कि मिल्दैन? अझ सार्वजनिक र सामाजिक सञ्जालमा यसरी भन्न मिल्छ कि मिल्दैन?'

श्रेष्ठले बालेनले गर्न खोजेको कामको औचित्य पुष्टि गर्न सुझाव दिएका छन् । उनले भने, 'तपाईँले गर्न खोजेको कामको औचित्य पुष्टि हुने गरी अलिकति निष्कर्षमा त पुग्न पर्‍यो नि। तपाई आफैँले मात्र गर्न सक्ने काम छ भने हस्तक्षेप गर्दैनौँ। तर सङ्घीय सरकार वा प्रदेश सरकारको सहयोग चाहिए त प्रक्रियागत रूपमा अघि बढ्नुपर्छ।'

बालेनले असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ